भूकम्प गएको चार वर्षमा ४५ हजारभन्दा धेरै पराकम्प

Newslaya Home

भूकम्प गएको चार वर्षमा ४५ हजारभन्दा धेरै पराकम्प

बिहीबार १२, बैशाख २०७६

काठमाडौं । भूकम्प गएको पनि आज (बिहीबार) चार वर्ष पुगेको छ । चार वर्षमा ४५ हजारभन्दा धेरै पराकम्प गइसकेको छ ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म साना ठूला गरी ४५ हजार भन्दा धेरै पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार चार रेक्टर स्केलभन्दा माथिका पराकम्प ५२० पटक गएको छ । धेरैजसो सिन्धुपाल्चोक, दोलखा र गोरखामा परकम्प गएको छ । त्यसपछि गोरखा, नुवाकोट, धादिङ, काठमाडौंलगायतका जिल्लामा पराकम्प गएको केन्द्रले जनाएको छ ।

हिजो मात्रै पनि धादिङको नौबिसे केन्द्रबिन्दु भएर तीन पटक परकम्प गएको थियो ।