नेपालद्वारा मलेशिया ३९ रनले पराजित

Newslaya Home

नेपालद्वारा मलेशिया ३९ रनले पराजित

बुधबार ११, बैशाख २०७६

काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यू–१६ इस्टन रिजन क्रिकेट प्रतियोगितामा नेपालले मलेशियालाई ३९ रनले पराजित गरेको छ ।

१ सय ४२ रनको लक्ष्य पच्छाएको मलेशिया ३३ दशमलब २ ओभरमा १ सय २ रनमा अलआउट भएपछि नेपालले सहज जित निकालेको हो ।

यसअघि नेपालले पहिलो खेलमा म्यानमारबिरुद्ध ७ विकेटको जित निकालेको थियो ।