धेरै रिस उठ्छ ? यसरी गर्नुहोस् नियन्त्रण

Newslaya Home

धेरै रिस उठ्छ ? यसरी गर्नुहोस् नियन्त्रण

मङ्गलबार १०, बैशाख २०७६

रिस मानवीय संवेदनासँग जोडिएको हुन्छ । रिस सबैलाई उठ्छ । रिस नियन्त्रण गर्न सकिएन भने ठूलो दुर्घटना घटन सक्छ । धेरैलाई रिसको आवेगमा गरिएको कामले पछि पछुताउनु पर्ने हुन्छ । त्यसैले रिसलाई शान्त पार्न यसो गर्नुहोस्ः

१. लेख्ने बानी गर्नुहोस्
जुन कुरा भन्न सकिँदैन त्यसलाई पक्कै पनि लेख्न सकिन्छ । रिस लागेको बेला के महसुस भइरहेको छ र कस्तो प्रतिक्रिया जनाउन मन लागेको छ मजाले लेख्नुहोस् । आफ्नो कुरा कापीमा लेख्दा मन शान्त हुन्छ ।

२. लामो श्वास फेर्नुहोस्
जब रिस उठ्छ छिटो छिटो श्वास बढ्न थाल्छ । रिस उठ्दा बिस्तारै नाकबाट लामो गहिरो श्वास लिने र छोड्ने गर्नुहोस् । रिस शान्त हुन्छ ।

३. हिँड्ने बानी गर्नुहोस्
व्यायामले नसाहरूलाई संयमित पार्नुका साथै रिसलाई पनि कम पर्छ । हिँड्ने बानी गर्नुहोस्, बाइक चलाउनुहोस् वा केही खेल खेल्नुहोस् ।आफ्ना अंगहरूलाई सक्रिय बनाइराख्नुहोस् । त्यसले शरीर र दिमागलाई राम्रो गर्छ।

४. केही मनपरेको शब्द मन्त्रको रुपमा उच्चारण गर्नुहोस्
आफूलाई मन परेका शब्द वा वाक्य खोज्नुहोस् र त्यसमा एकाग्र हुने कोसिस गर्नुहोस् । त्यो शब्द मन्त्रको रुपमा बारम्बार दोहोर्याउनहोुस् । जस्तै म ठिक हुनेछु । सजिलै रुपमा लिऔं आदि ।

५. चुप लागिदिनुहोस्
तात्तातो रिसको बेला मान्छेले जथाभावी बोल्न थाल्छ यसले राम्रो होइन आफैलाई हानी पुर्याउँछ । रिस उठिराखेको बेला केही शब्द भन्न लागेपनि मान्नुहोस् की तपाईको ओठमा गम टाँसिएको छ, बोल्न सक्नुहुन्न । यसरी चुपचाप भएको बेला तपाईंले गलत या सही छुट्याउन समय पाउनुहुन्छ ।

६. मानसिक उल्झनबाट बाहिर हुनुहोस्
चुपचाप शान्त कोठाभित्र बसेर आँखा बन्द गर्नुहोस् र आफूलाई एकदमै रिल्याक्स गरेको दृश्य कल्पिनुहोस् । जस्तैः कुनै रमाइलो हरियाली दृश्य सम्झिनुहोस् । जहाँ पोखरी छ, पोखरीको पानी कुन रंगको छ ? चराचुरुंगीको आवाज कस्तो आइराखेको छ ? यी इत्यादि दृश्यहरू आँखा बन्द गरेर महसुस गर्नुभयो भने रिस छिट्टै मर्छ ।

७. गीत सुन्नुहोस्
संगीत कसलाई मनपर्देन र ? राम्रो गीत सुनियो भने मुड अन हुन्छ । रिस उठेको बेला आफूलाई मनपर्ने गीत सुन्नुहोस् र आफ्नो भावना बहलाउनुहोस् । इयरफोन लगाएर सुन्नुहोस् या कोठामा घन्काएर सुन्नुहोस् । मुड फ्रेस बनाउनुहोस् यसले तपाईंको चिन्ता रिस छिनभरमै हराउन मद्दत गर्छ ।

८. जिउ तन्काउनुहोस्
रिस लागिरहेको छ भने घाँटी तथा जिउ तन्काउनुहोस् । कुनै योगको आसन गर्नसक्नुहुन्छ, जसले शरीर र भावनाहरूलाई नियन्त्रण गर्छ। यति गर्नलाई अरु केही सरसमानका जरुरत पर्दैनन् ।

९. मज्जाले हाँस्नुहोस्
खराब मुड जस्तो नराम्रो त अरु के हुन सक्ला र । आफ्नो रिसलाई शान्त पार्न हसाउने र रमाइलो कुराको खोजीमा लाग्नुहोस् जस्तै बालबच्चासँग खेल्ने, मेमे, स्ट्याण्डअप कमेडी हेर्ने आदि ।

१०. एकदेखि सयसम्म गन्नुहोस्
यदि तपाईलाई रिस उठेको छ भने एक देखि सयसम्म गन्नुहोस् । ती गन्ती गन्दा बिस्तारै तपाईंको रिस पनि मर्दै जान्छ ।

११. साथीसँग मनको कुरा भन्नुहोस्
जुन कुराले रिस उठेको छ त्यही कुरामा नझुन्डिनराख्नुहोस् । आफ्नो विश्वासिलो र सहयोगी मित्रलाई आफ्नो कुरा सेयर गर्नुहोस् जसले गर्दा तपाईको असन्तुष्टिलाई नयाँ मोड दिन सक्छ ।

१२. आफूलाई एक्लै छोडिदिनुहोस्
आफूलाई समय दिनुस् । अरुभन्दा अलग बस्नुहोस् । यतिबेला सम्म रिस शान्त भएर तपाई सामान्य अवस्थामा फर्किनसक्नुहुन्छ । यो तपाईको दैनिक तालिकाको रुपमा लागू गर्नसक्नुहुन्छ ।

१३. चिठी लेख्नुहोस्
तपाईंलाई जसले रिस उठाएको छ उसलाई चिठी या इमेल लेख्नुहोस् । र फेरि डिलिट गर्दिनुहोस् । आफ्नो मनमा लागेको कुरा ओकल्दा त्यो कसैले सुनोस् वा नपढोस् मन आनन्दित बनाउँछ ।

१४. सिर्जनात्मक कुरा अपनाउनुहोस्
तपाईंको रिसलाई सिर्जनात्मक कुरामा लगाउनुहोस् । मुड अफ भएको बेला जस्तै पेन्टिङ, गार्डेनमा समय बिताउनुहोस् या केही गीत, कविता कोर्नसक्नुहुन्छ । रिस उठेको बेला आफ्नो सिर्जनात्मक सीपलाई प्रयोग गर्नुहोस् ।