‘पैसा खर्च गरेरै चुनाव जित्ने पक्षमा छैन, व्यवशायीलाई २४ घण्टा समय दिन्छु’ : शैलेश विष्ट

Newslaya Home

‘पैसा खर्च गरेरै चुनाव जित्ने पक्षमा छैन, व्यवशायीलाई २४ घण्टा समय दिन्छु’ : शैलेश विष्ट

सोमबार ०९, बैशाख २०७६

इटहरी । इटहरीका व्यवशायीहरुलाई चुनाव लागेको छ । उद्योग वाणिज्य संघ इटहरीको चुनाव नजिकिँदै गर्दा व्यवशायीहरुले तयारी तीव्र बनाएका छन् ।

अहिले शैलेश विष्ट र भीम पौडेल अध्यक्षको लागि चुनावी मैदानमा आ आफ्नो समुहसहित ओर्लिएका छन् । दुईमध्ये हामीले यो पटक शैलेश विष्टसँग कुराकानी गरेका छौं ।

कुराकानीका क्रममा विष्टले आफू पैसा खर्च गरेर चुनाव जित्ने पक्षमा नभएको बताएका छन् । उनले व्यवशायीहरुको पक्षमा लामो समयदेखि काम गरेकोले यो पटक पनि चुनाव जित्ने आशा व्यक्त गरे । उनी ९ वर्षदेखि संघको कार्यसमितिमा छन् ।

विष्टले व्यवशायीलाई पर्दा आफू हरेक समय उपस्थित हुने बताएका छन् । त्यसको लागि व्यवशायीहरुले सबै बुझेर आफूलाई भोट दिनेमा उनले विश्वास व्यक्त गरे ।

आफूलाई संस्थाको माया लाग्ने भएकोले चुनाव लडेको बताउँदै आवश्यक बाहेकका खर्च नगर्ने बताए । 

उनी अहिलेको समितिमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छन् । अध्यक्ष लिलम बस्नेत प्रदेश सांसद भएर गएपछि उनले कार्यबाहक नेतृत्वसमेत सम्हालेका छन् ।

अन्तर्वार्ताका क्रममा उनले आफू नेतृत्वको उद्योग वाणिज्य संघको अहिलेको समितिले गरेका कामहरु र भावि योजनाहरुसमेत प्रष्ट राखेका छन् ।

हेरौं, विष्टसँग न्युजलयका रेवती निरौलाले गरेको कुराकानी :