नौ जना तालिबानी लडाकूको मृत्यु

Newslaya Home

नौ जना तालिबानी लडाकूको मृत्यु

सोमबार ०९, बैशाख २०७६

काठमाण्डौ । अफगानिस्तानको घाज्नी प्रान्तमा सोमबार बिहान अफगान सुरक्षाफौजले गरेको कारबाहीमा परी नौ जना तालिबानी लडाकूको मृत्यु भएको छ ।

सेनाले तालिबानी समूहको कब्जामा रहेका अरु १० जनालाई पनि मुक्त गराएको प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।

सेनाले पाँच जना तालिबानी लडाकूलाई पक्राउ गरेको छ । घाज्नीमा पछिल्ला केही वर्षदेखि सरकारी फौज र तालिबान समूहबीच सङ्घर्ष भइरहेको छ ।