आज सुन चाँदीको भाउ बढ्यो

Newslaya Home

आज सुन चाँदीको भाउ बढ्यो

सोमबार ०९, बैशाख २०७६

काठमाण्डौ । सोमबार (आज) सुनको भाउ बढेको छ । आज तोलामा ५ सय रुपैयाँ बढेर ५९ हजार ६ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार तोलाको ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार तोलामा ५ सय रुपैयाँ बढेको हो । चाँदी पनि सोमबार तोलामा ५ रुपैयाँ बढेर ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।