स्मार्ट देखिन लगाइने हिल स्वास्थ्यको लागि कति खतरनाक ?

Newslaya Home

स्मार्ट देखिन लगाइने हिल स्वास्थ्यको लागि कति खतरनाक ?

सोमबार ०९, बैशाख २०७६

महिलाले हिल चप्पल तथा जुत्ता लगाउने फेसननै चलेको छ । हाइ हिलमा हिड्दा स्मार्ट देखिन्छ भन्ने मान्यताले धेरै महिला हिलवाला जुत्ता तथा चप्पल लगाउँछन् । तर यसले स्वास्थ्यमा पार्ने असर कमैलाई मात्र थाहा होला ।

आजभोलि बच्चैदेखि हाइ हिल लगाउने फेसन सुरु भएको छ । बच्चा अवस्थामा लगाएको हाइ हिलले युवा अवस्थामा कुर्कुच्चा र मेरुदण्डमा नराम्रो प्रभाव पार्छ ।

सुरुको अवस्थामा हिलले खुट्टा सुन्निन्छ भने केही बर्षपछि लगातार खुट्टा दुख्ने, नशामा समस्या, कम्मर दुख्ने जस्ता समस्या उत्पन्न हुन्छ ।

लगातार हिल लगाउने युवतीको खुट्टाको अगाडिको भाग चौडा भई खुट्टाको स्वरूप नै बिगार्छ ।

हाई हिलका कारण दुर्घटनामा परेर विश्वभर बर्सेनि सयौं युवती अस्पतालसमेत जानु परेको छ ।

एक अनुसन्धानअनुसार लामो समयसम्म हिल जुत्ता प्रयोग गर्ने एक तिहाई महिलामा खुट्टाको औंला सुन्निने (हेमरटोज)देखि टाङको नसामा स्थायी समस्या पनि आउन सक्छ ।