ताप्लेजुङका कर्मचारीलाई ४४ लाख प्रोत्साहन भत्ता

Newslaya Home

ताप्लेजुङका कर्मचारीलाई ४४ लाख प्रोत्साहन भत्ता

सोमबार ०९, बैशाख २०७६

ताप्लेजुङ । सातवटा स्थानीय तहले आफ्ना कर्मचारीलाई करिब ४४ लाख रुपैयाँ प्रोत्साहन भत्ता वितरण गरेको छ ।

फुङलिङ नगरपालिका, सिदिङवा, सिरिजंघा, पाथीभरा याङवरक, मैवाखोला, आठराई त्रिवेणी र मेरिङदेन गाउँपालिकाले कर्मचारीलाई भत्ता वितरण गरेको हो ।

महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भएअनुसार सात स्थानीय तहले ६४ कर्मचारीलाई ४३ लाख ७७ हजार ५ सय ८१ रुपैयाँ भत्ता वितरण गरेका छन् ।

सिदिङवा गाउँपालिकाले १४ लाख, सिरिजंघाले ९ लाख ७४ हजार ८ सय ७, फुङलिङ नगरपालिकाले ८ लाख १६ हजार ६ सय ३०, आठराई त्रिवेणीले ५ लाख ९१ हजार १ सय ७४, मैवाखोलाले २ लाख ९९ हजार ९ सय ७०, मेरिङदेनले २ लाख १५ हजार र पाथीभरा याङवरकले ८० हजार रुपैयाँ बाँडेका छन् ।

नौवटा स्थानीय तह रहेको जिल्लामा फक्तालुङ र मिक्वाखोला गाउँपालिकाको विवरण भने प्रतिवेदनमा उल्लेख छैन ।