झापामा आजदेखि रात्रिकालिन फुटबल प्रतियोगिता

Newslaya Home

झापामा आजदेखि रात्रिकालिन फुटबल प्रतियोगिता

शनिबार ०७, बैशाख २०७६

झापा । झापामा आज (शनिबार) बाट रात्रिकालीन नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

उद्घाटन खेलमा आज आयोजक एलेभेन साइनिङ स्टार र कनकाई फुटबल क्लब भिडनेछन् ।

झापाको भद्रपुर नगरपालिकास्थित मेची रङ्गशालामा हुने खेलमा आठवटा टोली सहभागी रहनेछन् ।

जसमा एलेभेन साइनिङ स्टार, मुनाल फुटबल क्लब चन्द्रगढी, श्रीजङ्गा फुटबल क्लब ज्ञानेचोक, सैनिक फुटबल क्लब, कनकाई फुटबल क्लब, बिर्तामोड गुनाइटेड फुटबल क्लब, न्यू स्टार फुटबल क्लब खोपबाडी र राजगढ फुटबल क्लब गरी आठ वटा टोलीको सहभागिता रहेको आयोजक संस्था एलेभेन साइनिङ स्टारका अध्यक्ष दिलीप भुइँमालीले जानकारी दिएका छन् ।


प्रतियोगितामा विजयी टोलीले नगद रु एक लाख र उपविजेताले नगद रु ५० हजार नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिले जनाएको छ ।