आइपीएलमा किन खेल्न पाएनन् सन्दीपले ?

Newslaya Home

आइपीएलमा किन खेल्न पाएनन् सन्दीपले ?

शुक्रबार ०६, बैशाख २०७६

काठमाडौं । भारतमा भइरहेको आइपीएल टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्सले नेपाली खेलाडी सन्दीप लामिछानेलाई फेरी पनि खेल्न दिएन । सुरुवाती दुई खेलमा खेल्न नपाएका सन्दीपले त्यसपछिका लगातार चार खेलमा खेलेका थिए ।

तर, फेरि सन्दीपले त्यसपछिका तीन खेल खेल्न पाएनन् । सन्दीपको तुलना रसिद खानसंग गरिएको थियो । रसिदभन्दा सन्दीप विकेट लिनमा अगाडि पनि थिए । तर पनि उनलाई एकाएक ड्रप गरियो ।

कमेन्टेटरहरुले समेत प्रशंसा गरेर नथाक्ने नाम सन्दीप भए पनि अहिले उनीहरुले नै दिल्लीको ब्राण्डमा जोडिन पाउनुलाई नै ठूलो प्रतिष्ठाको विषय बनाएका छन् ।

इमर्जिङ खेलाडीको अग्रस्थानमा रहेका सन्दीपलाई कहिले दिल्लीले आफ्नो प्लेइङ ११ मा राख्ला भन्ने चासो बढेको छ ।