नेपाल विश्वकपमा छनोट हुन असफल

Newslaya Home

नेपाल विश्वकपमा छनोट हुन असफल

बिहीबार ०५, बैशाख २०७६

काठमाडौं । नेपाल विश्वकपमा छनोट हुन असफल भएको छ । युएईले बिहीबार आफ्नो अन्तिम खेलमा ओमानलाई पराजित गरेसँगै नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको हो ।

जारी विश्वकपको एसिया छनोटबाट अपराजित रहँदै युएई १० अंकका साथ विश्वकपमा छनोट भएको छ ।

नेपालको बिहिबार(आज) आफ्नो अन्तिम खेल कुवेतविरुद्ध खेलिरहेको छ। उक्त खेलमा जित हात पारे पनि नेपाल ८ अंकका साथ दोस्रो स्थानमा रहनेछ। शीर्ष स्थानको टोली मात्रै विश्वकपका लागि छनोट हुने भएकाले नेपालको सम्भावना सकिएको हो ।