पोर्चुगलमा पर्यटक बस दुर्घटना, २८ जनाको मृत्यु

Newslaya Home

पोर्चुगलमा पर्यटक बस दुर्घटना, २८ जनाको मृत्यु

बिहीबार ०५, बैशाख २०७६

काठमाडौं । पोर्चुगलको मडिरा टापुमा पर्यटक बस दुर्घटनाग्रस्त हुँदा कैयौँ पर्यटकको ज्यान गएको छ । दुर्घटनामा परि कम्तीमा २८ जनाको ज्यान गएको पोर्चुगलका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मृत्यु हुनेमध्ये १७ जना महिला र ११ जना पुरुष रहेका छन् । यस्तै दुर्घटनामा अन्य २८ जना घाइते भएका बताइएको छ ।

जर्मन पर्यटकहरू सवार बस सडकबाट तल खसेको थियो । घटना बारे अनुसन्धान भइरहेको जनाइएको छ ।