भारतीय चुनाव नजिकिएसँगै सीमावर्ती क्षेत्रमा नेपालीको सक्रियता

Newslaya Home

भारतीय चुनाव नजिकिएसँगै सीमावर्ती क्षेत्रमा नेपालीको सक्रियता

सोमबार ०२, बैशाख २०७६

भारतीय लोकसभा निर्वाचन हुने मिति नेपालसँगको सीमाक्षेत्रमा नजिकिएसँगै ती क्षेत्रमा नेपालीहरूको सक्रियता व्यापक रुपमा देखिन थालेको छ।

सीमावर्ती क्षेत्रहरूमा रहेका नेपालीहरू पनि चुनावको प्रचारप्रसारमा सक्रिय देखिन थालेका हुन्।

सीमावर्ती क्षेत्रमा नेपालीहरूबाट चुनाव प्रभावित हुने गरेको बताइन्छ।

प्रचारप्रसारका बेला हुने प्रभावलाई निरूत्साहित गर्नका लागि यसपटक भारतीय चुनावको प्रचारप्रसार गर्न सीमावर्ती क्षेत्रमा रहेका नेपाली एफएम स्टेशनहरूमाथि रोक लगाइएको छ।


विगतका चुनावहरू जस्तो यसपटक नेपाली एफएमहरूलाई प्रचारमा रोक लगाइएको छ।

प्रेस काउन्सिल नेपालका सदस्य समेत रहेका रेडियो सञ्चालक नवलकिशोर शरणले नेपाली सुरक्षा अधिकारीहरूले एफएम रेडियोहरूमा पत्र पठाएर भारतीय चुनावको प्रचार नगर्न आग्रह गरेको बताए।

भारतमा चुनाव हुँदा पनि नेपालमा सीमामा रहेका एमएम रेडियोहरूमा चुनावी प्रचारप्रसार हुन्थ्यो। तर यसपटक दुवै तर्फबाट रोक लगाइएको छ।

नेपाली सञ्चार माध्यमहरूलाई चुनाव प्रचार नगर्न सीमा सुरक्षा बैठकमा दुवै देशका अधिकारीहरूबीच सहमति भएको हो।

बीबीसी बाट साभार गरिएको