भड्किलो अभिव्यक्तिका कारण भारतमा दुई नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध

Newslaya Home

भड्किलो अभिव्यक्तिका कारण भारतमा दुई नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध

सोमबार ०२, बैशाख २०७६

काठमाडौँ । भारतमा दुर्ई प्रभावशाली नेतालाई चुनाव प्रचारप्ररसारमा प्रतिबन्ध लगाइएको छ ।

भड्किलो र निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले भारतको उत्तर प्रदेशका दुई नेतालाई निर्वाचन प्रचारप्रसारमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

जसमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाज पार्टी (बीएसपी) की अध्यक्ष मायावती रहेका छन् ।

उनीहरूलाई ‘घृणित अभिव्यक्ति’ दिएको भन्दै निर्वाचन आयोगले प्रतिबन्ध लगाइएको जनाएको छ ।

आयोगका अनुसार योगीलाई तीन दिन र मायावती दुई दिन निर्वाचनसम्बन्धी कुनै पनि क्रियाकलापमा सहभागी हुन पाउने छैनन् ।

दलित समुदायकी नेतृ मायावतीले प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टी (भाजपा) हिन्दुवादी भएकाले मोदी र भाजपाको पक्षमा मतदान नगर्न मुस्लिमहरुलाई आह्वान गरेकी थिइन् भने उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले पनि भारतमा हिन्दु धर्मावलम्बीहरुको बाहुल्यता रहेको भन्दै धार्मिक सहिष्णुतामा असर पार्ने अभिव्यक्ति दिएका थिए ।