पञ्चेबाजा बजाएर कारागार भित्रै नयाँ वर्ष

Newslaya Home

पञ्चेबाजा बजाएर कारागार भित्रै नयाँ वर्ष

सोमबार ०२, बैशाख २०७६

काठमाडौं । जिल्ला कारागार लमजुङमा रहेका कैदीहरुले पञ्चेबाजा बजाएर कारागार भित्रै नयाँ वर्ष मनाएका छन् ।

उनीहरुले जिल्ला कारागार लमजुङका निमित्त जेलर मनिषा कुमारी चन्दको उपस्थितिमा कारगारमा कार्यक्रमको आयोजना गरी उनीहरुले एकआपसमा शुभकामना आदान प्रदान गर्नुका साथै नाचगान गरेर रमाइलो गरेका थिए।


त्यसैगरी कारागार आन्तरिक प्रशासन प्रमुख चौकिदार आशिष रानाले बिगतमा अन्जान बस जे जस्तो भुल भएपनि आगामी दिनमा राम्रो गर्नुपर्ने बताउँदै नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए।

जिल्ला कारागार लमजुङमा हाल ७८ कैदीबन्दी रहेका छन्। जसमा १० जना महिला छन्।