धरानमा आगलागीबाट करिब ७ लाख बराबरको क्षती

Newslaya Home

धरानमा आगलागीबाट करिब ७ लाख बराबरको क्षती

सोमबार ०२, बैशाख २०७६

धरान । धरानमा आगलागीबाट करिब ७ लाख रुपैयाँ बराबरको क्षती भएको छ ।

धरान–१५ बगरकोटमा रहेको रुवा पेल्ने मेसिनबाट आगलागी हुँदा स्थानीय हरि राईको बाँसको कच्ची घरसहित सामग्री जलेर नष्ट भएको हो ।

सोमबार करिब सवा २ बजेतिर रुवा पोलिरहेको अवस्थामा एक्कासि आगो लाग्न सुरु भएको थियो ।

प्रहरीको अनुसार आगलागी धरान उपमहानगरको बारुण यन्त्रको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।