प्रधानमन्त्री ओलीद्वारा समता स्कूल काठमाडौंलाई वल्र्ड बुक अफ रेकर्डस् हस्तान्तरण

Newslaya Home

प्रधानमन्त्री ओलीद्वारा समता स्कूल काठमाडौंलाई वल्र्ड बुक अफ रेकर्डस् हस्तान्तरण

सोमबार ०२, बैशाख २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाडौंलाई वल्र्ड बुक अफ रेकर्डस् हस्तान्तरण गरेका छन् ।

सोमबार बिहान बालुवटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई वल्र्डबुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् ।

प्रमाणपत्र हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले समताले १ सय रुपैंयामा विद्यार्थी पढाएर गरिबका छोराछोरीलाई गुन लगाएको बताए ।