विराटनगरमा प्रहरीले भेट्यो अमेरिकन पेस्तोल

Newslaya Home

विराटनगरमा प्रहरीले भेट्यो अमेरिकन पेस्तोल

सोमबार ०२, बैशाख २०७६

विराटनगर । विराटनगर– १६ दरैया चिहान घारीस्थित बाँसको झ्याङबाट प्रहरीले एक थान पेस्तोलसहित २ राउन्ड गोली बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय रानी र प्रहरी चौकी रानीबाट खटिएको प्रहरीले मेड ईन यूएसए लेखेको पेस्तोल र गोली बरामद गरेको हो ।

प्रहरीले बासको झाङमा बट्टाभित्र कालो प्लाष्टिकमा पेस्तोल फेला पारिएको जनाएको छ ।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।