प्रधानमन्त्री निवास अगाडि विवेकशील साझाले गर्यो प्रदर्शन

Newslaya Home

प्रधानमन्त्री निवास अगाडि विवेकशील साझाले गर्यो प्रदर्शन

सोमबार ०२, बैशाख २०७६

काठमाण्डौ । विवेकशील साझा पार्टीले सोमबार प्रधानमन्त्री निवास नजिकैको जग्गा बिक्रीको विरोधमा प्रर्दशन गरेको छ ।

रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास नजिकैको जग्गासमेत व्यक्तिको नाममा बिक्री गरिएको विरोधमा बालुवाटार अगाडि प्रर्दशन गरेको हो ।

कुनै पनि सरकारी जग्गा अपचलन हुन नदिन सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवास अगाडि नै विरोध प्रर्दशन गर्नु परेको पार्टीका प्रवक्ताले जानकारी दिएका छन् ।

प्रधानमन्त्री निवासको जग्गा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले समेत किनेको तथ्य बाहिर आएपछि विवेकशील साझा पार्टीले त्यसको विरोधमा सडक प्रर्दशन सुरु गरेको हो ।

जग्गा बिक्री गरिएको घटना बाहिर आएपछि सरकारले पनि त्यहाँको जग्गा बिक्री गर्न रोक लगाउने निर्णय गरेको थियो । विवेकशील साझा पार्टीले सरकारको निर्णयको स्वागत गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।