झापामा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुई घाइते

Newslaya Home

झापामा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुई घाइते

सोमबार ०२, बैशाख २०७६

भद्रपुर । झापामा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ, भने दुई घाइते भएका छन् ।

मृत्यु हुनेमा कमल गाउँपालिका–६ का २१ वर्षीय प्रवीण राजवंशी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका चालक राजवंशीलाई उपचारका लागि दमक लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

आइतबार राती कमल गाउँपालिका–६ गेउरिया स्थित भित्री सडक खण्डमा मे १० प ६८५१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ४ प १६५८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार २६ वर्षीय मनोज शाह र मे १० प ६८५१ नम्बरको मोटरसाइकल चालक २२ बर्षीय लोकेश ठटाल गम्भिर घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि बिर्तामोड पठाइएको छ ।