उर्लाबारीमा पार्किङमा राखेको बसमा आगजनी

Newslaya Home

उर्लाबारीमा पार्किङमा राखेको बसमा आगजनी

सोमबार ०२, बैशाख २०७६

मोरङ । उर्लाबारीमा पेट्रोल पम्प नजिकै पार्किङ गरेर राखेको बसमा सोमबार बिहान आगजनी गरिएको छ ।

केही दिनदेखि पार्किङ गरेर राखिएको ना ४ ख ४९ नम्बरको बसमा बिहान तीन बजेतिर आगजनी गरिएको प्रहरीले जनाएको छ। आगोले जलेर बस पूर्ण रुपमा ध्वस्त भएको छ।

सर्लाहीको लालबन्दी घर बताउने अन्दाजी ३० वर्षीय रामहरि माझीले बसमा आगो लगाएको मोरङ प्रहरीले जनाएको छ । माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माझी केही समयदेखि उर्लाबारीको एउटा होटलमा काम गर्दै आएको खुलेको छ।