यू–१९ विश्वकप छनोटः नेपालद्वारा मलेसिया आठ विकेटले पराजित

Newslaya Home

यू–१९ विश्वकप छनोटः नेपालद्वारा मलेसिया आठ विकेटले पराजित

सोमबार ०२, बैशाख २०७६

काठमाडौं । नेपालले यू–१९ विश्वकप छनोट अन्तर्गतको तेस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको छ।

५० ओभरको खेलमा नेपालले दुई विकेट गुमाएर १३ ओभरमा विजयी लक्ष्य भेट्टाएको हो । नेपालले जितको लागि ९३ रनको चुनौति पछ्याएकोमा १३ ओभरमा ९५ रन बनाएको हो।

पहिलो खेलमा सिंगापुरलाई पराजित गरेको नेपाल दोस्रो खेलमा वर्षाका कारण युएईसँग १ रनले पराजित भएको थियो। सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।