बलिउड अभिनेता अमिताभले तिरे ७० करोड कर

Newslaya Home

बलिउड अभिनेता अमिताभले तिरे ७० करोड कर

सोमबार ०२, बैशाख २०७६

काठमाण्डौ । बलिउड अभिनेता अभिताभ बच्चन भारतको सर्वाधिक आयकर तिर्ने कलाकार बनेका छन् ।

आर्थिक वर्ष २०१८\ १९ मा ७० करोड भारू आयकर तिरेपछि अभिताभ बलिउडमा सर्वाधिक कर तिर्ने कलाकार बनेका हुन् ।

हालै अमिताभले भारतीय राज्य बिहारस्थित मुजफ्फरका २ हजार ८४ किसानको ऋण समेत तिरिदिएका थिए । यस्तै पुलुवामा भएको हमलामा ज्यान गुमाएका सैनिक जवानका परिवारलाई १०–१० लाख रकम सहायता समेत गरेका थिए ।