इटहरीको गर्विलो इतिहास बोकेको मोर्डन प्रिपेरेटोरी नयाँ व्यवस्थापनमा (फोटो फिचरसहित)

Newslaya Home

इटहरीको गर्विलो इतिहास बोकेको मोर्डन प्रिपेरेटोरी नयाँ व्यवस्थापनमा (फोटो फिचरसहित)

सोमबार ०२, बैशाख २०७६

इटहरी । इटहरीमा निजी विद्यालय सञ्चालनमा आएको तीन दशक बढी भइसकेको छ । सुरुवातकालिन इतिहास बोकेका स्कुलहरु निकै कम छन् । त्यसैमध्ये एक रहेको मोर्डेन प्रिपेरेटोरी सेकेण्डरी स्कुल नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको छ । उक्त स्कुल यो शैक्षिक सत्रदेखि नयाँ व्यवस्थापनमा सुरु भएको हो ।

२०४९ सालमा स्थापना भएको र इटहरी चोकबाट सबैभन्दा नजिक रहेको यो स्कुल शैक्षिक गुणस्तरका कारण अविभावक तथा विद्यार्थीको रोजाइमा पर्छ । यो पटकदेखि आन्तरिक व्यवस्थापन, शैक्षिक स्तर तथा विद्यार्थीको सर्वपक्षीय क्षमता सुधार गर्दै अघि बढ्न लागेको प्रिन्सिपल महेशकुमार दाहालले बताए ।

शहरभित्र रहेर पनि शान्त तथा सुरक्षित वातावरणमा सञ्चालित यो विद्यालय गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध रहेको दाहालले बताए । ‘हिजोको दिनमा भएका कमी कमजोरीहरुलाई समेत अब सुधारेर लानसक्ने नयाँ र जुझारु टिम आएको छ,’ उनले भने, ‘नयाँ शैक्षिक सत्रमा कक्षा ९ सम्म भर्ना खुलेको छ, जसमा अविभावकहरुको आकर्षण छ ।’ उनले अविभावकहरुको विश्वासलाई टुट्न नदिने समेत बताए ।

न्यून शुल्कमै पनि पर्याप्त भौतिक सुविधाका साथ सञ्चालन हुँदै आएको स्कुलको आफ्नै भवन छ । विशेषगरी यस स्कुलमा विद्यार्थीहरुलाई समाजसँग घुलमिल गर्न सजिलो होस् भन्ने उद्देश्यले सामाजिक क्रियाकलापमा बढी केन्द्रित गरिएको बताइएको छ । विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, लाइब्रेरी, स्कुल बस, मन्टेश्वरी बेसमा अध्ययन अध्यापन रहेको विद्यालयमा उत्कृष्ट शिक्षकहरूले पठनपाठन गराउँदै आएका छन् । स्कुलले विशेषतः टेबल टेनिस, चेस, बास्केटबल जस्ता खेलकुद र नृत्य, स्काउट, रेडक्रस लगायतका अन्य क्रियाकलापमा पनि जोड दिँदै आएको छ ।

किशोर किशोरीलाइ अशल नागरिक बनाइ रास्ट्र निर्माणमा टेवा पुर्याउन नेपाली सेना द्वारा संचालन गरेको रास्ट्रिय सेवा दल (एनसिसि) तालिममा उत्कृट प्रदर्शन गरेका यस बिद्यालयका बिद्यार्थीहरुले अन्य तालिम र र खेलकुदमा समेत उत्कृस्ट नतिजा दिदै आएका छन ।

एनसीसीमा विद्यार्थीहरुले अनुशासन, देशभक्ति, विपद् व्यवस्थापन, प्राथमिक उपचार, असल चालचलन, साहसिक क्रियाकलाप र सुरक्षासँग सम्बन्धित तालिम लिएका छन् भने विद्यालयले बिद्यार्थीको क्षमता बिकाश, ब्यबहारिक सिप र जानकारीका लागी तालिका अनुसार समय समयमा फिल्डमा पनि लैजाने गरेको छ ।

विद्यालयका शिक्षकले समयसमयमा विज्ञहरूबाट शिक्षण तालिम लिने गरेका छन् । विद्यालयले अनुशासन, नैतिकता र गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सरिक गराउँदै विद्यालय अघि बढेको छ ।

यस बिद्यालयमा विद्यार्थीहरुलाइ मानबिय मूल्य र मान्यताका बिषयमा गहनताका साथ पढाइन्छ । बिद्यालयका प्रिन्सिपल दाहालले गुणस्तरीय शिक्षासँगै विद्यार्थीमा लुकेर रहेको प्रतिभा बाहिर ल्याउन अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिएको बताए । उनले साविक एसएलसीदेखि हालको एसइईसम्म आइपुग्दा विद्यालयले २० औं ब्याच पूरा गरिसकेको बताए । ‘२० औं ब्याचसम्म आइपुग्दा एसइईमा सहभागिता भएर यहाँका विद्यार्थीले शत प्रतिशत नतिजा दिएका छन । यो भन्दा गौरव र खुशीको कुरा केही हुन सक्दैन,’ दाहालले भने ।

विद्यालयका सस्थापक एबम सस्थापक प्रधानाध्यापक राजेन थापाले एसएलसीरएससीसी को २० औं ब्याचसम्म आइपुग्दा हाम्रा विद्यार्थीले देशविदेशसम्म पुगेर उल्लेख्य प्रगति गर्न सफल भएको बताए । उनले यहाँ अध्ययन सकेका विद्यार्थी देशविदेशसम्म पुग्न सफल भएकोमा गौरवान्वित बनेको बताए ।

बिद्यालयका संस्थापक थापाले नयाँ व्यवस्थापन टिमले विद्यालयलाई थप अविभावकमुखी बनाउने विश्वास व्यक्त गरे । उनि भन्छन, ‘ हाम्रो उद्देश्य बाल मस्तिस्कलाई ब्याबहारिक, असल र बहुआयामिक बनाउदै लैजानु हो । मोडर्न प्रिपेरेटरी स्कुलको बिगत २६ बर्षको गर्विलो इतिहासमा हाम्रा धेरै नानीहरुले जिबनमा सफलताको उच्चतम शिखरमा पाइला टेक्न सफल भएका छन ।

थापा अमेरिकाको वर्कली नामक शहरमा बस्छन् । उनी त्यहाँको लायन्स क्लबमा गभर्नर छन् । उनले विद्यालयलाई थप सफल बनाउन चाहेको बताउँदै भने, ‘दक्ष शिक्षक–शिक्षिका, सपोर्ट गर्ने अभिभावक, मिहिनेती विद्यार्थी अनि शुभचिन्तकको सहयोगले यहाँसम्म आइपुग्यौं, गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भयौं, अझै सहयोगको आशा लिँदै गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता व्यक्त गर्दछौं ।