ग्लोबल फोरमको साधारण सभा सम्पन्न

Newslaya Home

ग्लोबल फोरमको साधारण सभा सम्पन्न

सोमबार ०२, बैशाख २०७६

जातिय बिभेद विरुध्द विश्व मंच (Global Forum against caste based discrimination ) को दोस्रो अधिबेशन संयुक्त राज्य अमेरीकाको कोलोराडोमा अप्रिल १३ मा सम्पन्न भएको छ ।

विकास र सम्बृध्दीको बाधक जातिय भेदभाब मुख्य नाराका साथ सम्पन्न उक्त उदघाटन सत्र कार्यक्रमको अध्यक्षता ग्लोबल फोरमका अध्यक्ष तीर्थ बर्माले गरेका थिए भने अमृत विश्वकर्माले कार्यक्रम संचालन गरेका थिए ।

अध्यक्ष बर्माले उद्घाटन गरेको उक्त कार्यक्रममा अतिथिकारुपमा नेपाली घरका अध्यक्ष लक्ष्मण राना, समाजसेवी नारायण श्रेष्ठ, रक्की माउण्टेन फेन्स अफ नेपालका अकाश राई, अन्तर्राष्ट्रिय नेपाली साहित्य साहित्य समाज, बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष पदम विश्वकर्मा, प्रवासी नेपाली मंच कोलोराडोका अध्यक्ष श्याम कुमार श्रेष्ठ, ग्लोबल भुटानी कम्युनीटी सेन्टर, कोलोराडोका अध्यक्ष सोम बराल, अफ्रिकन कम्युनिटी सेन्टरका प्रतिनिधि मणी दाहाललगायतको उपस्थिति रहेको थियो ।

उनीहरुले जातीय बिभेद बिकास र सम्बृध्दीको बाधक रहेको हुनाले यसको अन्त्यको लागि सबै आआफ्नो ठाउमा लाग्नुपर्ने कुरामा जोड दिए ।

यसैगरी संस्थाका सचिवालय सदस्य अर्जुन बगालेले संस्थाका मिसन, भिजनका बारेमा मन्तब्य प्रकट गरेका थिए भने स्कलर सरोज सिलवालले जातीय समस्या समाधानमा युवाहरुको भूमिकाका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा संस्थाको प्रगति प्रतिबेदन क्रमशः तिर्थ बर्मा र आर्थिक प्रतिबेदन कोषाध्यक्ष अमृत विश्वकर्माले प्रस्तुत गरेका थिए । प्रतिवेदनहरुमा छलफल गरि पारित गरिएको थियो ।

सभामा संस्थाको आगामी ३ बर्षको लागि कार्यकारी समिति गठन गरिएको छ । समिति गठन अनुसार अध्यक्षमा तिर्थ बर्मा (अमेरीका), बरिष्ठ उपाध्य़क्षमा पदम बिश्वकर्मा (अमेरीका), उपाध्यक्षमा डा. मोम विश्वकर्मा (अष्ट्रेलिया), महासचिबमा मोतीलाल नेपाली (नेपाल), सचिबमा अमृत विश्वकर्मा (अमेरीका) र कोषाध्यक्षमा दिपक सुनुवार (अमेरीका) रेहका छन् ।

यस्तै, सदस्यहरुमा अमर हजारा (अमेरीका), अर्जुन बगाले (अमेरीका), सुशील बि.क (नेपाल), तिलक सिर्पाली (नेदरल्याण्ड), नविन बि.क (चाईना), अनिता परियार (श्रीलंका) र सीता रसाईली (अष्ट्रेलिया) रहेका छन् ।