अमेरिकामा पनि जातिय बिभेद

Newslaya Home

अमेरिकामा पनि जातिय बिभेद

सोमबार ०२, बैशाख २०७६

कोलोराडो । विश्वकै विकसित राष्ट्र अमेरिकामा समेत छुवाछुत र जातिय विभेद हुने गरेको छ । अमेरिकाको विभिन्न सहरमा बस्दै आएका विभिन्न जाती र समुदायका नेपालीहरु बिच जातिय विभेद र छुवाछुत हुने गरेको हो ।

आधुनिक र विकसित राष्ट्रमा आएर पनि उच्च जातका भन्नेहरुले जातिय भेदभाव र छुवाछुत जन्य ब्यबहार गर्ने गरेको दलित समुदायका ब्यक्तिहरुको गुनासो छ । अमेरिकाको कोलोराडोमा ग्लोबल फोरमले आयोजना गरेको जातमा आधारित भेदभाव बिकास र सम्बृदिको बाधक बिषयक कार्यक्रमका बक्ताहरुले यस्तो गुनासो गरेका हुन् ।

प्रत्यक्ष नभइ अप्रत्यक्ष आसय विभेद र छुवाछुत हुने गरेको उनिहरुको भनाइ छ । कार्यक्रममा युवा बक्ता सरोज सिलवालले अमेरिकामा समेत पहिले थर सोध्ने गरिएको र दलित भन्ने थाहा पाएपछी विभेद जन्य ब्यबहार गर्ने गरिएको बताए ।

कार्यक्रमका अर्का बक्ता प्रवासी नेपाली मन्चका अध्यक्ष श्याम श्रेष्ठले मानिसहरु चन्द्रमा र मंगलग्रहमा बस्ती बसाउन अनुसन्धन गरिरहेको बेला जातका आधारमा दलितहरु माथी हुने छुवाछुत र विभेदले लज्जा बोध हुने गरेको बताए । जहा गएपनी सदियौ देखी जरा गाडेर बसेको कुसंस्कृति र कुरितिलाइ सँगै बोकेर जाने भएकाले दलित समुदायले जातिय भेदभाव र छुवाछुत भोग्नु परेको भनाइ छ ।

यस्तै नेपाली घरका अध्यक्ष श्याम श्रेष्ठले जातका आधारमा कोहि सानो ठुलो नहुने र जात र थर आफ्नो पहिचान भएकाले यसलाइ लुकाउन नहुने बताए । कार्यक्रममा ग्लोबल फोरमका अध्यक्ष तिर्थ बर्मा (बिश्वकर्मा)ले दलित समुदाय माथी हुने जातिय भेदभाव र छुवाछुत दलितको मात्र नभइ गैर दलितको पनि समस्या भएकाले यसलाइ निर्मुल पार्न गैर दलितको अहम भुमिका रहेको बताए ।

नेपालमा भएका बिभिन्न आन्दोलनले राजनितिक परिबर्तन ल्याए पनि दलित समुदायलाइ गर्ने ब्यबहार र हेर्ने दृष्टिकोणमा भने अझै पुरानै सोच रहेको उहाको भनाइ छ । ग्लोबल फोरमले नेपालमा हुने जातिय भेदभाव र छुवाछुतका घट्नालाइ अन्तर्राष्ट्रिय स्तरबाट उजागर गर्दै आएको छ ।