२०७६ वैशाख २ गते सोमवारको राशिफल

Newslaya Home

२०७६ वैशाख २ गते सोमवारको राशिफल

सोमबार ०२, बैशाख २०७६

मेष । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा सहयोग भाव आउला । बैदेशिक कार्य अघि बढ्नेछ । धन प्राप्त हुनेछ ।

बृष । मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

मिथुन । धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । बित्तिय संस्था बाट सहयोग पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कर्कट । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो करोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

सिंह । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा रहला ।

कन्या । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

तुला । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कार्यमा सफलता पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

बृश्चिक । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

धनु । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । गरेको कार्यमा सफलता मिल्नेछ ।

मकर । मनमा निरासा र शरीरमा आलस्य आउला । मनमा अविश्वाश उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन सक्छ ।

कुम्भ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ । प्रेममा मधुरता छाउनेछ ।

मीन । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ ।