कुकुरको शरीरमा भन्दा धेरै किटाणु हुन्छन् दाह्री पाल्ने मानिसमा

Newslaya Home

कुकुरको शरीरमा भन्दा धेरै किटाणु हुन्छन् दाह्री पाल्ने मानिसमा

आइतबार ०१, बैशाख २०७६

वैज्ञानिकहरुले कुकुरको शरीरभन्दा बढी किटाणु दाह्री पाल्ने मान्छेमा हुने जनाएका छन् ।

वैज्ञानिकहरुले कुकुरको शरीर र मानिसको दाह्री कुनमा बढी हानिकारक किटाणु हुन्छ भन्ने अध्ययन गरेका थिए । कुकुरको शरीरमा भन्दा धेरै हानिकारक किटाणु तथा जीवाणु मानिसको दाह्रीमा हुने तथ्य पत्ता लगाएका छन् ।

अध्ययनमा समावेश प्रत्येक मानिसको दाह्रीमा जीवाणु भेटिएको थियो । त्यसमध्ये आधा जीवाणु मानव स्वास्थ्यका लागि हानिकारक भएको जनाइएको छ ।

तर आश्चर्य यो थियो कि कुकुरहरुको शरीरमा मानिसको दाह्रीमा हुने खतरनाक जीवाणुभन्दा कम संख्यामा त्यस्ता जीवाणु भेटिए ।

१८ मानिस र ३० कुकुरमा यस अध्ययन गरिएको थियो । १८ देखि ७६ वर्ष उमेर समुहका दाह्री पालेका मानिसहरु अध्ययनमा समावेश थिए ।