चेन्नईद्वारा कोलकता ५ विकेटले पराजित

Newslaya Home

चेन्नईद्वारा कोलकता ५ विकेटले पराजित

आइतबार ०१, बैशाख २०७६

काठमाडौं । आइपिएल क्रिकेटमा चेन्नई सुपरकिंग्सले कोलकता नाइटराइडर्सलाई ५ विकेटले पराजित गरेका छ ।

आइतबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले ८ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो ।

कोलकाताका लागि क्रिस लियोनले ८२ रन, नितिश रानाले २१ रन, कप्तान कार्तिकले १८ रन, आन्द्रे रसेलले १० रनबनाएर सर्वाधिक रनको योगदान दिएका थिए ।

यस्तै बलिङ तर्फ कोलकाताका लागि सुनील नारिन र पियुस चावलाले २–२ विकेट लिएका थिए ।

उता जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले २ बल खेल्न बाँकी छदा कोलकता दिएको लक्ष्य पुरा गर्दै ५ विकेटको जित हाँसिल गर्यो ।

चेन्नईका लागि सुरेश रैनाले नटआउट ५८ रन, रविन्द्र जडेजाले ३१ रन बनाएर सर्वाधिक रनको योगदान दिएका थिए ।

यस्तै बलिङ तर्फ चेन्नईका लागि इमरान ताहिरले ४ विकेट लिए। सार्दुल ठाकुरले २ विकेट लिएका थिए ।

लिगमा चेन्नई ८ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको कोलकाताको ८ अंक छ।