शिक्षाको लागि कुल बजेटको २० प्रतिशत बजेट छुट्याउन अखिलको माग

Newslaya Home

शिक्षाको लागि कुल बजेटको २० प्रतिशत बजेट छुट्याउन अखिलको माग

आइतबार ०१, बैशाख २०७६

काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले ‘सार्वजनिक विद्यालय सुधार अभियान –२०७६’ सञ्चालनको घोषणा गरेका छन् ।

साथै अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले शिक्षामा कुल बजेटको २० प्रतिशत बजेट छुट्याउन पनि सरकारसँग माग गरेका छन् ।

‘म बनाउँछु मेरो विद्यालय, हामी बनाउँछौं हाम्रो विद्यालय’ भन्ने स्वघोषणा गरेर संगठनको सिंगो पंक्ति सार्वजनिक विद्यालयको सुधार अभियानमा लगाउने निर्णय गरिएको अखिल क्रान्तिकारीका कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।


विद्यालय जाने उमेरका सबैभन्दा धेरै बालबालिका विद्यालय बाहिर रहेको प्रदेश नं. २ मा अभियानलाई प्राथमिकता दिइने बताइएको छ । बस्नेतका अनुसार अनेरास्ववियुकी सचिव आरती लामा र अनेरास्ववियू (क्रान्तिकारी) का सचिव सुर्यनारायण साहको नेतृत्वमा विशेष कमाण्ड बनाएर प्रदेश २ का सबै जिल्ला र स्थानीय तहमा टोली परिचालन गरिनेछ ।