यसरी बनाउनुहोस् गर्मी सयमा आफ्नो कोठालाई कुल

Newslaya Home

यसरी बनाउनुहोस् गर्मी सयमा आफ्नो कोठालाई कुल

आइतबार ०१, बैशाख २०७६

गर्मी बढेसँगै तपाईँलाई आफ्नो कोठा पनि उकुसमुकुस लाग्न थाल्छ ।

यत्रतत्र छरिएका सामाग्रीहरू, झ्याल–ढोकाको बाक्लो पर्दा, ओछ्यानमा बिच्छ्याइएको गाढा रङ्गको बेडकभर सबैकुरा पट्यारलाग्दो लाग्छ । किन ? कसरी गर्ने त घरको साजसज्जामा परिवर्तन ?

जाडो महिनामा प्रयोग गरिएका पर्दा तथा बेडकभर परिवर्तन गर्ने

जाडो महिनामा कोठालाई न्यानो बनाउनका लागि बाक्लो पर्दा लगाइन्छ । अक्सर डार्क करलरको पर्दा, बेडकभर प्रयोग गरिन्छ । गर्मीमा भने यसले कोठालाई भद्दा देखाइदिन्छ ।

त्यसैले गर्मी यामसँगै झ्याल ढोकाको पर्दा, बेडकभर आदि बदल्नुपर्छ । उज्यालो एवं चाकिलो रङ्गको र कलरफुल पर्दा, बेडकभरले कोठामा शीतलता अनुभूत गराउँछ ।

लुगाफाटो तथा फर्निचरलाई व्यवस्थित गर्ने

जाडोयाममा लगाएका लुगाहरुलाई भित्तामा झुड्याउने, जथाभावी राख्ने नगरौं । जाडो याममा प्रयोग गरिएका लुगाफाटोदेखि ओढ्ने–ओछ्याउने, हिटर, कुशनलाई व्यवस्थित ढङ्गले राख्नुपर्छ ।

यसै गरी अनावश्यक फर्निचर लगायतका सामाग्री पनि थन्को लगाउनुपर्छ । अर्थात् घर, कोठा खुला राख्नुपर्छ । जथाभावी राखिएको सामाग्रीलाई व्यवस्थित गर्दा पनि घर खुला देखिन्छ । यसरी खुला भएपछि ताप आवशोषित हुँदैन, जसले गर्दा कोठा गर्मी हुँदैन ।

झ्याल खुला राख्ने

झ्याल खुला राख्नुपर्छ, जसले बाहिरको हावा आउजाउ गर्न सक्छ । हुन त झ्याल खुला राख्दा लामखुट्टे आउने समस्या हुन्छ । त्यसैले झ्यालमा जाली अनिवार्य लगाउनुपर्छ । लामखुट्टे नछिर्ने जाली लगाएपछि झ्याल खुला राखे हुन्छ ।