शिव परियारको आवाजमा ‘ह्याप्पी ह्याप्पी छु’ सार्वजनीक (भिडियोसहित)

Newslaya Home

शिव परियारको आवाजमा ‘ह्याप्पी ह्याप्पी छु’ सार्वजनीक (भिडियोसहित)

आइतबार ०१, बैशाख २०७६

काठमाडौं । गायक शिव परियारको स्वरमा ‘ह्याप्पी ह्याप्पी छु’ बोलको गीत सार्वजनिक भएको छ।

हरि लम्सालको सङ्गीत रहेको गीतमा गजलकार सुरेश वाग्लेको शब्द रहेको छ ।

‘कार्टुन क्रु’ समूहका सरोज अधिकारी र आस्मा विकसहित साथीहरुको अभिनय रहेको गीतको भिडियोमा गायक परियारको समेत अभिनय रहेको छ।

भिडियोलाई राम केसीले छायांकन गरेका हुन् भने भिडियोमा राजीव समरको कोरियोग्राफी तथा टेकेन्द्र शाहको निर्देशन, सम्पादन, कलरिङ र भिएफएक्स रहेको छ।