चलचित्र ‘कलंक’ को टिकट मूल्य बढाउन करण जोहरको माग

Newslaya Home

चलचित्र ‘कलंक’ को टिकट मूल्य बढाउन करण जोहरको माग

आइतबार ०१, बैशाख २०७६

काठमाडौँ । बलिउड फिल्म ‘कलंक’ का निर्माता करण जोहरले फिल्मको टिकट मूल्य बढाउनको लागि हल संचालकहरुलार्य माग गरेका छन् ।

उनले आमिर खानको ‘ठग्स अफ हिन्दूस्तान’ले लिएको मूल्य भन्दा १० प्रतिशत मूल्य बढाउन माग गरेका हुन् ।


त्यतिखेर ‘ठग्स अफ हिन्दूस्तान’ले मल्टिप्लेक्समा ४०० देखि १५०० दरमा टिकट बेचेको चर्चा रहेको छ।

तर कति हल संचालकहरु भने फिल्मले त्यस किसिमको टिकट मूल्य बढाउने हाइप बनाइनसकेको पक्षमा छन्। यद्यपि टिकट मूल्य बढाइसकेको छ। जी सेभेन मल्टिप्लेक्सका प्रमुख मनोज देसाईंले भनेका छन् ‘९ दिनको लागि टिकट मूल्य १० प्रतिशतले बढाएका हौँ। त्यसपछि भने ुकलंकुको टिकट साधारण मूल्य ११० देखि १४० मा नै वितरण गरिनेछ।’

अभिषेक वर्माले निर्देशन गरेको चलचित्र ‘कलंक’ मा आलिया भट्ट, वरुण धवन, सञ्जय दत्त, माधुरी दीक्षित, आदित्य रोय कपुर र सोनाक्षी सिन्हाको प्रमुख भूमिका छ।