आगामी आर्थिक वर्षमा वृद्धभत्ताको रकम बढछः प्रधानमन्त्री ओली

Newslaya Home

आगामी आर्थिक वर्षमा वृद्धभत्ताको रकम बढछः प्रधानमन्त्री ओली

आइतबार ०१, बैशाख २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा वृद्धभत्ताको रकम बढने बताएका छन् ।

‘ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा र खोलौं बैङ्क खाता’ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेटमार्फत नै सरकारले वृद्धभत्ता बढाउन लागेको बताएका हुन्।

ओलीले अहिले बजेटको पूर्व तयारी चलिरहेको र आउँदो आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढने बताएका थिए ।