कोहलीमाथि १२ लाख जरिवाना

Newslaya Home

कोहलीमाथि १२ लाख जरिवाना

आइतबार ०१, बैशाख २०७६

काठमाडौं । रोयल च्यालेञ्जर्स बैंग्लोरका कप्तान विराट कोहलीमाथि १२ लाख जरिवाना लगाइएको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराती किङ्स इलेभेन पञ्जाव विरुद्धको खेलमा ‘स्लो ओभर’ का कारण बैंग्लोरका कप्तान कोहलीमाथि १२ लाख जरिवाना लगाइएको हो ।

इन्डियन टी–ट्वान्टी लिगको आचारसंहिता अनुसार रोयल च्यालेन्जर्सको यो पहिलो गल्ती हो ।

यद्यपी गएरातीको खेलमा भने रोयल च्यालेन्जर्स बैंलोरले यस सिजनकै पहिलो जीत हात पार्‍यो । टीमका लागि कप्तान कोहली र डीविलिअर्सले अर्धशतकीय पारी खेलेका थिए ।

‘स्लो ओभर’ को कारण कोहलीअघि मुम्बईका कप्तान रोहित शर्मा र राजस्थानका कप्तान अजिंक्य रहाणेमाथि पनि ‘स्लो ओभर रेट’को कारण १२–१२ लाख जरिवाना लगाइसकिएको छ ।

उता चेन्नईका कप्तान महेन्द्रसिंह धोनीमाथि पनि हालै आचारसंहिताको उल्लघंनको गरेको भन्दै जरिवाना लगाइएको थियो । बीच मैदानमा आएर अम्पायरसँग विवाद गरेका कारण धोनीलाई खेल पारिश्रमिकको पचास प्रतिशत जरिवाना लगाइएको थियो ।