सावधान ! कपाल कलर गर्दा लाग्न सक्छ क्यान्सर

Newslaya Home

सावधान ! कपाल कलर गर्दा लाग्न सक्छ क्यान्सर

आइतबार ०१, बैशाख २०७६

मानिसका विभिन्न सौखहरु हुने गर्दछ । कपालमा कलर गर्नु पनि मानिसको एउटा सौख हो । तर कलरमा रहेको खतरनाक रसायनले स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ ।

अमेरिकामा रहेको न्यू जर्सीस्थित रटगर्स स्कुल अफ पब्लिक हेल्थ एण्ड रटगर्स क्यान्सर इन्सिच्युटमा गरिएको एक अनुसन्धानले कपालको कलर गर्ने खास गरी महिलाहरुमा घातक रोगको खतरा बढ्ने देखाएको छ ।

कपालमा गरिने कलरमा भएको रसायनको कारणले महिलाहरुमा स्तन क्यान्सर लगायतका थुप्रै स्वास्थ्य सम्बन्धी समस्याहरू देखा पर्ने अनुसन्धानले देखाएको हो ।

रटगर्स यूनिभर्सिटिका अनुसन्धानकर्ताहरुका अनुसार, अत्यधिक घुमाउरो कपाललाई सीधा गर्नका लागि प्रयोग हुने क्रिम वा लोशनमा रहेको रसायन धेरै हदसम्म हानिकारक रहेको हुन्छ । यसको प्रयोग गर्ने महिलाहरुमा स्तन क्यान्सर हुने खतरा ७४ प्रतिशत बढी हुने गर्दछ ।