चलचित्र ‘पसिना’को फस्ट लुक सार्वजनिक

Newslaya Home

चलचित्र ‘पसिना’को फस्ट लुक सार्वजनिक

आइतबार ०१, बैशाख २०७६

काठमाडौं । नयाँ वर्ष २०७६ को अवसर पारेर चलचित्र ‘पसिना’को फस्ट लुक पोस्टर सार्वजनि गरिएको छ ।

मजदुरहरुको कथा–ब्यथा समेटिएको चलचित्रको सार्बजनिक पोस्टरमा मुख्य कलाकार गौरव पहाडी, अनु शाह, सरोज खनाल लगायतलाई देखाईएको छ ।

चलचित्रमा गौरव पहाडी, अनु शाह, सरोजका अलावा सरोज अर्याल, रवि गिरी, धु्रव कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रलाई आर. बि खत्री ‘शरद’ ले निर्देशन गरेका हुन् । चलचित्रको छायांकन राम केसीले गरेका छन् भने नविन निरौलाले सम्पादन गरेका छन् ।

यस्तै चलचित्रमा राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, देज महर्जनको द्वन्द, शिव बिक र राजीब समरको नृत्य रहेको रहेको छ ।

चलचित्र वैशाख २७ गतेबाट देशब्यापी प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ ।