‘देशभरका सन्त नजुटेको कुम्भ कुम्भ होइन’ : कृष्णदासजी महाराज (भिडियोसहित)

Newslaya Home

‘देशभरका सन्त नजुटेको कुम्भ कुम्भ होइन’ : कृष्णदासजी महाराज (भिडियोसहित)

आइतबार ०१, बैशाख २०७६

चौथोपल्ट हामी कुम्भ मन्चमा बस्दैछु । म कुम्भका आयोजक सदस्यहरुसँग अनुरोध गर्न चाहन्छु । आउँदो कुम्भ कस्तो गरौं भन्ने अनुरोध गर्दछु । यो धर्तीमा कुम्भ भएसम्म जगतगुरु अजर अमर हुनुहुन्छ । तर एकल प्रयास अहिले वहाँको मात्रै छ । देशका सन्त महात्माहरु एकजुट हुन सकिरहेको छैन । जबसम्म सबै एकजुट हुन सक्दैनन् तब कुम्भ कुम्भ हुँदैन ।

हामीले बराहक्षेत्रको गरिमाको साथै प्रदेश १ लाई सम्बृद्ध बनाउन यहाँ भएका मठ मन्दिर पुरातात्विक वस्तुदेखि यो सिँचाईको जग्गामा भिन्न सन्तहरुलाई मठ मन्दिर बनाउन आह्वान गर्नुपर्छ । यदि हामीले बराहक्षेत्रको तीर्थहरुलाई जोडेर सर्किट मार्गको परिकल्पना गरिएको छ, यो उत्तम अभियान हो । बृहत् बराहक्षेत्रलाई उठाउने आधार कुम्भ नै हो ।
६ वर्षपछिको कुम्भको तयारी आजैबाट गरौं ।

मेरो कर्तव्य हो कुम्भ । बालसन्त महाराजको प्रेमले म यहाँ बसेको छु । हुन त म कुम्भ समितिभित्र छैन । तर म साधु भएर यहाँ बसेपछि कुम्भको त्यो रुप दिन प्रयास गर्नुपर्छ । नमागेपनि मैले सल्लाह दिनुपर्छ ।
यसलाई कुम्भ नगरी बनाउन जगतगुरु महाराजको प्रयासमा एक ईँट थप्ने प्रयास रहनेछ । चौथो पटक कुम्भ लाग्दा पनि जगतगुरु महाराजको एउटा खाल्सा मात्र छ । अब आउने १२ वर्षे कुम्भमा देशभरीका सन्तलाई यहाँ ल्याउनुपर्छ । कुम्भ समितिले योजना बनाउनुपर्छ ।

यो चतराधाममा अहिले १० वटा धार्मिक संस्था छ । यो क्षेत्रदेखि कोशीको तल्लो भंगालोसम्म ठूलो फाँट छ । यहाँ १०० देखि ५० सन्तको क्याम्प लगाउने । चार सय, हजार स्क्वायर फिटको प्लटिङ गरौं ।

बिजुली, पानी, शौचालयको प्रबन्ध गरौं । जसरी अहिले सानो बाटोमा भीडाम्भीड भएर दोकान सजाएका छन्, तर सजिएको छैन । विभिन्न क्षेत्र फरक फरक ठाउँ बनाऔं ।

बाटो खुल्ला होस् । जसरी आज हामीले सानो बाटोमा पनि दुई तिर दोकान टाँगेका छौं । यो अरु मेला जस्तो होइन । सभ्य र व्यवस्थित गर्नुपर्छ ।

नेपाल सरकारले कुम्भको लागि विभाग नै बनाएर प्रतिवर्ष कुम्भको लागि बजेटको व्यवस्था गर्नुपर्छ । प्रदेश सरकारले पहल गर्नुपर्छ । १२ वर्ष आउने कुम्भको लागि २०–५० करोड खर्चनु ठूलो होइन ।

आउने कुम्भको लागि ५० करोडको बजेट बनाउँछ भने ५० अर्ब भित्राउने र सन्त आउने वातावरण म बनाउँछु ।

एउटा क्याम्प लगाउँदा एक करोड खर्च गर्छ । सय जना सन्तले क्याम्प लगाउँदा एक अर्ब भयो । केही नदिनेले पनि अलिलि राखेर ढोगिहाल्छ । त्यसैले फराकिलो सोचौं ।

हामी सबै लागेर अब आउने कुम्भको तयारी गरौं । त्यसैको लागि यो अर्धकुम्भ हो । तयारीका लागि हो ।

(केही दिनअघि सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चतरामा सुरु भएको अर्धकुम्भको उद्घाटनका अवसरमा कृष्णदासजी महाराजले दिएको मन्तव्यको अंश । कुम्भका आयोजक जगतगुरु बालसन्त महाराज र चतरामै आश्रम बनाएर बसेका अर्का जगतगुरु कृष्णदासजी महाराजबिचको तिक्तता घुमाउरो शैलीमा मन्चमै पोखिएको थियो ।

यो मन्तव्यमा उनले आफूलाई कुम्भको समितिमा नराखिएको, कुम्भ व्यवस्थित नभएको, अहिलेसम्म खासै आर्थिक र भौतिक प्रगति नभएको, सानो सोँचले कुम्भ गरिएको आरोप लगाउँदै अब ६ वर्षपछि आउने महाकुम्भको तयारीका उपाय प्रस्तुत गरेका थिए । कृष्णदासजीले कटाक्ष गर्दै बोलिसकेपछि बालसन्तले समेत कृष्णदासजीको विषयमा बोलेका थिए । त्यो सामाग्री हामी भोलि प्रस्तुत गर्नेछौं ।)