सावधान ! यि काम गर्नाले तपाई छिट्टै बुढो देखिनुहुनेछ

Newslaya Home

सावधान ! यि काम गर्नाले तपाई छिट्टै बुढो देखिनुहुनेछ

शनिबार ३०, चैत २०७५

हरकोहि मानिसलाई बुढो हुन मन लाग्दैन । मानिसले अफू जहिले पनि जवानको जवान नै भहरहुँ भन्ने चाहि रहेका हुन्छन् । अफूले आफूलाई बुढो हुन पाउँ भन्ने मानिस संसारमा विरलै भेटिएलान ।

आज यहाँ यहि विषयको बारेमा चर्चा गरिएको छ ।

सृष्टि सञ्चालनका लागि मैथुन आवश्यक क्रिया हो । शास्त्रहरूमा यसलाई गृहस्थ आश्रमको अभिन्न अंग मानिएको छ । तर अत्यधिक मैथुन गर्ने मान्छे समयअघि नै बुढो हुन्छ अनि उसको तागत र सुन्दरता समेत नष्ट हुन्छ । वीर्य संरक्षण र ब्रह्मचर्य पालनलाई महत्व दिनुपर्छ ।

केही मानिस असाध्यै घुम्छन् । नीतिज्ञानका अनुसार अधिक भ्रमण गर्ने व्यक्ति छिट्टै बुढा हुन्छन् । साधुसन्तहरू वर्षभरि वनपर्वत घुम्थे तर चतुर्मासको अवधिमा कुनै एक स्थानमा बसेर ध्यान लगाउँथे अनि हरिचर्चा गर्थे ।

परिश्रमको फल मीठो हुन्छ र मनमुताबिक सफलता पाउनका लागि परिश्रम गर्नुपर्छ । शारीरिक क्षमतालाई ध्यानमा राखेर परिश्रम गर्नू भनी शास्त्रले बताएको छ । यसो नगर्दा तागत र जवानी नष्ट हुन्छ । भगवानलाई खुशी बनाउन धेरै मानिस व्रत र उपवास गर्छन् ।
मासु रक्सी जस्ता नशाको सेवन गर्ने मानिस रोगले ग्रस्त भएर समयअगावै वृद्ध हुन पुग्छन् ।