नेपाल युएईसित १ रनले पराजित

Newslaya Home

नेपाल युएईसित १ रनले पराजित

शनिबार ३०, चैत २०७५

काठमाडौं । आइसीसी यु–१९ एकदिवसीय विश्वकप क्रिकेटमा नेपाल युनाइटेड अरब इमिरेट्स सित डकवर्थ लेविस (डीएल) पद्दतिका आधारमा १ रनले पराजित भएको छ ।

क्वालालम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा वर्षा बाधक बनेपछि नेपालले पराजय व्यहोरेको हो । शनिबार भएको एसिया छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको हो ।

नेपालले दिएको २४८ रनको लक्ष्यसहित युएईले जवाफी ब्याटिङ गरिरहँदा पानी परेपछि खेल रोकिएको थियो । डीएलमा ३० ओभरमा जितका लागि १२२ रनको नयाँ लक्ष्य पाएपछि युएईले १ रनको जित निकालेको हो ।

वर्षाले खेल रोकिनुअघि युएईले ३० ओभरमा ३ विकेट गुमाएर १२२ रन जोडेको थियो ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभरमा अलआउट हुँदै २४७ रन बनाएको थियो ।