थप एक जनाको मृत्यु, धरान दुर्घटनामा मर्नेको संख्या चार पुग्यो

Newslaya Home

थप एक जनाको मृत्यु, धरान दुर्घटनामा मर्नेको संख्या चार पुग्यो

शनिबार ३०, चैत २०७५

धरान । शुक्रबार राती धरानमा भएको दुर्घटनामा थप एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा कारका चालक मोरङ सुन्दरहरैचा ४ का गोबिन्द बस्नेतको ज्यान गएको हो ।

उनको अवस्था गम्भीर थियो ।

धरानस्थित वीपी प्रतिष्ठानमा सामान्य उपचारपछि बिराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो ।

शुक्रबार राती धरानमा बस, कार र ट्राक्टर जुध्दा चार जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते छन् ।

धरानमा कार, बस र ट्रयाक्टर एकै पटक ठोक्किँदा तीन जनाको मृत्यु्