झापामा बोलेरोको ठक्करबाट १ जनाको मृत्यु, ११ घाइते

Newslaya Home

झापामा बोलेरोको ठक्करबाट १ जनाको मृत्यु, ११ घाइते

शनिबार ३०, चैत २०७५

बिर्तामोड । झापाको मेचीनगर स्थित कालीझोडामा बोलेरो जीपको ठक्करबाट एक जनाको मृत्यू भएको छ भने ११ जना घाइते भएका छन् ।

शुक्रबार राती पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ज २८११ नम्बरको बोलेरो जीपले चारआली बजारमा ७५ वर्षीय पुरुष पैदलयात्री लाई ठक्कर दिएको थियो।

ठक्कर दिएर अनियन्त्रित बनेको बोलेरोले मे १ ज १२०९ नम्बरको अर्को बोलेरो जीपलाई पछाडिबाट ठक्कर बोलेरोमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृत्कको पहिचान खुल्न सकेको छैन । घाइतेको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।