पूर्वी नेपालमा आज र भोली मौसम खराब

Newslaya Home

पूर्वी नेपालमा आज र भोली मौसम खराब

शनिबार ३०, चैत २०७५

काठमाण्डौ । पूर्वी नेपालमा आज र भोलि मौसम बदली हुने मौसमविदले बताएका छन् । बिहानैदेखि केही ठाउँमा पानी परेको छ । मौसम बदली हुँदा चैते दशैँ र नयाँ वर्ष मनाउन हिँडेकाहरु प्रभावित भएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य, पश्चिम र पूर्वी क्षेत्रमा भोलिसम्मै मौसम बदली हुनेछ ।

वर्षा गराउने बादल सक्रिय भएकाले केही क्षेत्रमा सामान्य पानी पर्ने र ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । तराईमा सामान्य बदली हुनेछ भने पूर्वी र मध्य तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ ।