वैशाख २ गते सुनसरी, मोरंगलगायत पाँच जिल्लामा विदा

Newslaya Home

वैशाख २ गते सुनसरी, मोरंगलगायत पाँच जिल्लामा विदा

शनिबार ३०, चैत २०७५

इटहरी । सरकारले वैशाख २ गते सुनसरी, मोरंग, झापा लगायतका जिल्लामा विदा दिएको छ ।
सिरुवा पर्वका अवसरमा यी जिल्लाहरुमा विदा दिने भन्दै गृहमन्त्रालयले पत्र जारी गरेको छ ।

थारु जातिको महत्वपूर्ण पर्व मानिने सिरुवा पर्व वैशाखभरी तराइका जिल्लाहरुमा मनाइन्छ । यो पर्वको अवसरमा ठाउँ ठाउँमा मेला आयोजना गरिन्छन् । थारुहरुले पुज्ने ग्रामथानहरुमा पुजा अर्चनासमेत हुने गर्छ ।