धरानमा कार, बस र ट्रयाक्टर एकै पटक ठोक्किँदा तीन जनाको मृत्यु्

Newslaya Home

धरानमा कार, बस र ट्रयाक्टर एकै पटक ठोक्किँदा तीन जनाको मृत्यु्

शनिबार ३०, चैत २०७५

इटहरी । धरानबाट इटहरी आउदै गरेको कार दुर्घटना हुँदा कारमा सवार तीन जनाको घटनास्थलमै मृत्यू भएको छ ।

शुक्रबार राती ११ः३० बजे धरान ८ स्थित सेउती पुलनजिक बा २० च ४०७६ नम्बरको कारले मे १ त ६६९२ नम्बरको ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको थियो ।

ट्याक्टरको चक्कमा कार ठोक्किदा ट्याक्टर अनियन्त्रीत भई नालिमा पल्टेको थियो भने कार इटहरीबाट धरान जाँदै गरेको को १ ख ४७६१ नम्बरको मजदुर बोकेको बसमा ठोक्किन पुगेको प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

मृत्यु हुनेमा इटहरी ४ का अनिल श्रेष्ठ र मदन लिम्बु, महालक्ष्मी गाउँपालिका ४ धनकुटाका जनक बुढाथोकी रहेका छन् ।

घाइतेहरूमा ट्याक्टरमा सवार झापा चन्द्रगढी ६ का दिल कुमार राजवंशी, मोरङ रंगेली २ मा बिनोद कार्की, झापा भद्रपुर ८ का कृष्ण राजवंशी रहेका छन् भने बसमा सवार धरान १८ की चन्द्रा राई धरान ११ बस्ने बर्ष २२की प्रभा राई, धरान १७ की सुक्रीकला राई, सारदा राई र पबित्रा बिष्ट लगायत छन् ।

कार चालक मोरङ सुनदरहरैचा ४ का गोबिन्द बस्नेतको अवस्था गम्भिर रहेको छ । थप उपचारका लागि बिराटनगरस्थित न्यूरो अस्पताल लगिएको छ प्रहरीले जनाएको छ ।

धरानमा केही दिनअघि बस पल्टिँदा सवार चार जनाको मृत्यु भएको थियो । उक्त घटनाको भिडियो :

तस्वीर : प्रतिकात्मक फाइल फोटो