शनिदेवलाई किन चढाइन्छ तेल ? दर्शन गर्दा यस्तो फल मिल्छ

Newslaya Home

शनिदेवलाई किन चढाइन्छ तेल ? दर्शन गर्दा यस्तो फल मिल्छ

शनिबार ३०, चैत २०७५

शनिदेवलाई कर्मफल दाता यानि कर्मको फल दिने ग्रह मानिन्छ । उनको मूर्तीमा तेल चढ़ाइन्छ । आखिर किन शनिदेवलाई तेल चढ़ाइन्छ ?

पौराणिक कथाहरुमा वर्णन गरिएको छ कि जब अहंकारमा चूर रावणले आफ्नो बलले सबै ग्रहहरुलाई बंदी बनाएको थियो ,त्यतिबेला शनिदेवलाई पनि उसले बंदीग्रहमा उल्टो पारेर झुन्डाइ दियो । जब हनुमान, रामको दूत बनेर लंका पुगेका बेला, त्यतिबेला रावणले उनको पूंच्छरमा पनि आगो लगाई दियो ।

रावणको यस्तो हरकतले क्रोधित भएर हनुमानले पूरै लंका जलाइ दीए र सबै ग्रहहरु फुकुवा भए, तर उत्तानो पारेर झुन्डाइएको कारण शनिको शरीरमा भयंकर पीड़ा भइरहेको थियो । र उनी दुखाइबाट कराइ रहेका थिए। तब शनिको दुखाइ लाई शांत पार्न को लागि हुनमानले उनको शरीरभरि तेलले मालिश गरेका थिए ।

त्यही समय शनिले भने कि जो व्‍यक्ति श्रद्धा भक्ति बाट उनलाई तेल चढ़ाउछ उसलाई सबै समस्‍याहरुबाट मुक्ति मिल्छ । र त्यहाँबाट शनिदेव लाई तेल चढाउने परंपरा सुरू भएको हो ।