पढेर स्वदेश फर्कँदैछन् गगन थापा

Newslaya Home

पढेर स्वदेश फर्कँदैछन् गगन थापा

शुक्रबार २९, चैत २०७५

काठमाडौं । पढ्न विदेश गएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापा आज नेपाल फर्कँदैछन् ।

अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कुलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सांर्वजनिक प्रशासन’ शीषकको कोर्स गर्न गएका उनी पढाइ सकेर फर्कन लागेका हुन् ।

गगन विद्यार्थी जीवनमा पनि पढाइमा अब्बल थिए । सिद्धार्थ बनस्थली स्कुल बालाजुबाट उच्च अंकसहित एसएलसी पास गरेका गगनले त्रिचन्द्र कलेजमा आईएस्सी र बीएस्सी पास गरेका थिए । त्यसपछि फ्याकल्टी परिवर्तन गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्र–समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

पीएचडी गर्ने उनको धोको भने राजनीतिले गर्दा पूरा हुन सकेको छैन ।