किर्ते गरेर बेचिएका सरकारी जग्गा खोज्न आयोग बनाउने तयारी

Newslaya Home

किर्ते गरेर बेचिएका सरकारी जग्गा खोज्न आयोग बनाउने तयारी

शुक्रबार २९, चैत २०७५

काठमाडौं । सरकारले कीर्ते गरेर बेचिएका देशभरका सरकारी जग्गा खोज्ने भएको छ । मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालय र भूमिसुधार मन्त्रालयलाई त्यस्ता जग्गा खोज्न र छानबिन गर्न निर्देशन दिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारकै सरकारी जग्गा व्यक्तिको नाममा पुगेपछि सरकारले देशैभरका जग्गा छानविन गर्न लागेको हो । सरकारी जग्गालाई व्यक्तिको नाममा ल्याउन ठूलै भू माफिया गिरोहको संलग्नता रहेको देखिएको छ । यसमा पूर्व मन्त्री तथा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेललगायत मुछिएका छन् ।