ए लेभलको ‘वर्ल्ड टपर’ बने जेभियर इन्टरनेशनलका ऋतिक

Newslaya Home

ए लेभलको ‘वर्ल्ड टपर’ बने जेभियर इन्टरनेशनलका ऋतिक

शुक्रबार २९, चैत २०७५

काठमाडौं । यस वर्षको ए लेभल परीक्षामा जेभियर इन्टरनेशनल कलेज कालेपुलका विद्यार्थी ऋतिक यादव विश्व प्रथम भएका छन् ।

शुक्रबार ललितपुरमा ब्रिटिश काउन्सिलले आयोजना गरेको कार्यक्रममा विश्वभरीका विद्यार्थीमा जेभियर इन्टरनेशनलका यादवले ‘वर्ल्ड टप’ गरेको जानकारी दिइएको हो । उनले कम्प्युटर साइन्स र फिजिक्समा वर्ल्ड टप गर्दै केमेष्ट्रीमा विश्वको सातौं वरियता कायम गरेका छन् ।

कार्यक्रममा वर्ल्ड टप गर्ने सहित बिभिन्न उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । विश्वमै प्रसिद्ध बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको जनरल सटिफिर्केट अफ एजुकेसन (जिसिई) कार्यक्रम अन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रम ए लेभलमा नेपालका विद्यार्थीले यसअघि पनि उत्कृष्ट नतिजा ल्याएका थिए ।

उक्त कार्यक्रममा जेभियर इन्टरनेशनलकै विद्यार्थीले यसअघि पनि वर्ल्ड टप गरेको जानकारी दिइएको थियो ।

ए लेभल संसारभर एउटै शैक्षिक कार्यक्रम हो । यसलाई नेपालको शिक्षासँग तुलना गर्दा प्लस टु सरह मानिन्छ । जसरी दश जोड दुईको कोर्ष २ वर्षको हुन्छ, ए लेभलको पनि त्यहीनै हो । ११ कक्षालाई ब्क् र १२ कक्षालाई ब्द्द भनिन्छ । यी दुवै कोर्ष सकिएपछि विद्यार्थीको ए लेभल सकिन्छ ।

क्याम्ब्रिज विश्वविद्यालयको जिसिईले विश्वमै उच्चस्तरको परीक्षा सञ्चालन गर्ने र एउटै समयमा परीक्षा गर्ने तथा एउटै समयमा नतिजा निकाल्ने गरेको छ ।