‘पीसजोन विश्वस्तरमा अपडेटेड स्थापित स्कुल हो’

Newslaya Home

‘पीसजोन विश्वस्तरमा अपडेटेड स्थापित स्कुल हो’

शुक्रबार २९, चैत २०७५

पीस जोन आवासीय स्कुल इटहरीकै पुरानो र स्थापित स्कुल हो । जति पुरानो यो स्कुलको इतिहास छ, त्यत्ति नै गर्व गर्न लायकको योगदान छ । शिक्षित र सभ्य विद्यार्थी उत्पादनमा यो स्कुल हिजोको दिनमा जसरी सक्रिय थियो, आज पनि उत्तिनै सक्रिय छ । ८ सय बढी विद्यार्थी र ७० जनाभन्दा बढि शिक्षकहरु भएको यो स्कुल एसइइमा सबैभन्दा धेरै विद्यार्थी सहभागि गराउने स्कुलमा पर्छ ।

समयको मागअनुसार शिक्षालाई परिमार्जित गर्दै विकास गर्ने क्रममा यो स्कुलले आफूलाई अझ विकास गरेको छ । यी लगायत विभिन्न विषयमा स्कुलका प्राध्यानाध्यापक केशव भट्टराईसँग न्युजलयकी सरिता भण्डारीले गरेको कुराकानी :

भर्नाको तयारी कस्तो छ ?
भर्नाको तयारीमा हामीले इन्ट्रान्स परिक्षा लिइरहेका छौँ । गत चैत्र २३ गते पहिलो इन्ट्रान्स् परीक्षा थियो । त्यसमा हामीले लगभग १०० जना विद्यार्थीहरुको परिक्षा लिएका छौँ । अर्को इन्ट्रान्स् परिक्षा यहि चैत्र २९ गते राखेका छौँ । अविभावकहरु भिजिट गर्न आइराख्नु भएको छ ।
अब हामी अर्को वर्षको लागि शिक्षकहरुलाई पाठ्यक्रम शैली डिजाइन गरेर त्यहिँ पाठ्यक्रमअनुसार कसरी पढाउने भनेर छलफल गर्छौं । शिक्षकहरुको लागि तालिम पनि भइरहेको छ । अर्को वर्षको लागि तयारी गर्नुपर्ने कुराहरु जस्तै सिसि क्यामरा हाल्ने, नयाँ प्रोजेक्टर हाल्ने, डेक्स बेन्चदेखि लिएर नयाँ संरचनाहरु बनाउने कामहरु भइरहेका छन् ।

यस विद्यालयको मुख्य विशेषताहरु के–के हुन् ?
यो विद्यालय एक त सबैभन्दा इटहरी क्षेत्रको पुरानो तथा उत्कृष्ठ विद्यालय हो । त्यसैले यो सिस्टममा बसेको विद्यालय भन्न सकिन्छ । पुराना तथा अनुभवी शिक्षकहरु छन् । त्यसका अलावा विद्यार्थी संख्यामा पनि अग्रणी हो । २०७५ सालको एसइइ दिने विद्यार्थी मात्रै १०५ जना थिए । इटहरी क्षेत्रमा सबैभन्दा धेरै एसइइ दिने विद्यार्थीको संख्या हाम्रो थियो । अहिलेसम्म एसइइको उत्कृष्ठ नतिजा ल्याउन सफल स्कुल पनि हो ।


हामीले अघिल्लो सालदेखि नयाँ कार्यक्रमहरु थपेका छौँ । प्रत्येक कक्षामा अहिले प्रोजेक्टर, कम्प्युटर, अडियो, भिडियो कक्षा हुन्छ । कक्षाकोठामा शिक्षकले पढाउने कुरामा हामी आधुनिक र नयाँ विधिलाई प्रयोग गर्दैछौं ।


लामो समयदेखि शिक्षा क्षेत्रमा काम गरिरहेको, देश विदेश तथा विभिन्न ठाउँहरुमा पनि गएर शिक्षासम्बन्धी काम गरेको अनुभवका आधारमा हामीले तीन वटा विधिहरु ल्याउने तयारीमा छौँ । एउटा विधिलाई जिक्व (समन्वय) विधि भनिन्छ । जसमा विद्यार्थीहरु आफै पढाइमा सहभागी हुन्छन् र समुह समुहमा प्रजेन्टेशन गर्छन् । जिक्व विधि भनेकै विभिन्न टुक्रामा भएका चिजहरुलाई एकमुस्ठ बनाउने विधि हो ।


अर्को विधि, प्रश्न–उत्तर विधि हो, जुन कक्षाकोठामा प्रयोग गरेका छौं । जसमा विद्यार्थीहरुको प्रश्न बनाउने प्रमुख काम हुन्छ । उनिहरुद्वारा नै पाठको प्रश्न निर्माण गर्न लाउछौं । र उनिहरुलाई नै प्रश्नोत्तर खेलाउँछौं ।
र तेस्रो विधि भनेको ग्रुप वर्क विधि । त्यसैले पुरानो सिस्टमको बलियोपनमा हामीले दुई वटा कुरा प्रविधि र विधि थपेका छौं । यसरी अझ राम्रोसँगले स्कुल चलिरहेको छ ।


यो स्कुल अन्य स्कुलभन्दा के कारणले फरक छ ?
एउटा त इटहरीको मुख्य चोकको सबैभन्दा ठुलो क्षेत्रफलमा रहेको स्कुल हो । आफ्नै जग्गा भएको, दक्ष शिक्षक–शिक्षिकाहरु भएको, प्राविधिक रुपमा दक्ष र बद्लिँदो विश्व परिवेशका आधारमा शिक्षा दिन सक्षम स्कुल हो ।


यस्तै पिस फाउन्डेसन जापानबाट गरिएको प्रतियोगितामा हाम्रा विद्यार्थीले भाग लिएर स्कुल इन्टेनसिव अवार्ड जितेको छ । नेपालमा यो अवार्ड जित्ने २–३ वटा मात्र स्कुलहरु छन् । पोखरा, काठमाडौ र इटहरीको हाम्रो स्कुलले मात्र यो अवार्ड जितेको हो ।


अहिले हामीले हाम्रो स्कुलमा विश्वमै चलिरहेका स्कुलसँग सम्बन्धीत प्रोजेक्ट र लाइफ स्किलसँग सम्बन्धीत प्रोजेक्टहरु गरिरहेका छौं । ब्रिटिस काउन्सीलको इन्टरनेशनल अवार्ड भन्ने आइएसए प्रोजेक्ट हामी गरिरहेका छौं । विश्व कम्युनिटीमा हामी अपडेट छौं । जुन अरु स्कुलमा छैन । यस अर्थमा अफ्गानिस्तान, भारत तथा युकेलगायतका देशहरुसँग हामी जोडीएका छौं । त्यसैले हामी फरक छौं ।


इटहरी लगायतका सहरहरुमा मन्टेश्वरी, प्रि–स्कुृल तथा स्कुलहरु खुलिरहेका छन् । यसले शिक्षा क्षेत्रलाई कत्तिको असर पारिहेको छ ?
स्कुल तथा मन्टेश्वरी धेरै खुल्दैमा शिक्षालाई असर पार्ने भन्ने हुन्न । यसरी स्कुलहरु खुलिरहदाँ समाज कुन चरणमा छ भन्ने जनाउँछ । हाम्रो इटहरी नै भर्खरै संरचनागत, सामाजिक, आर्थिक हिसाबले भर्खरै पाइला टेक्दै गरेको सहर हो । यस्तो सहरमा छिमेकीको देखासिकी गरेर खोल्ने प्रवृत्ती हुन्छ ।
त्यसैले स्कुलहरु खुल्नु नराम्रो कुरा हैन । तर वास्तविक परिपक्व वा एउटा शिक्षा क्षेत्रमा दिने सेवा सुविधा प्रमुख कुरा हो । जुन हामी र हाम्रो स्कुल भई सकेको छ भन्ने लाग्छ ।

नेपालको शैक्षिक अवस्था कस्तो देख्नुभएको छ ?
विकासको क्रममा छ । अहिले पनि यहाँ शिक्षालाई प्राथमिकताका रुपमा तथा शिक्षामा लगानी गर्नुपर्छ भन्ने हिसाबमा हाम्रो समाज पुगेको छैन । किनभने समाजमा शिक्षाको भन्दा पनि पैसाको बढी ख्याती छ । त्यसैले शिक्षा मुल कुरा हो भनेर जबसम्म मान्छेमा चेतना आउँदैन तबसम्म शिक्षामा सुधार आउँदैन ।

प्राइभेट स्कुलहरुमा शुल्क महंगो हुन्छ भन्ने गुनासो छ नि ?
जुन किसिमको शिक्षा हामीले प्रदान गरिरहेका छौं त्यस अर्थमा हाम्रो शुल्क महंगो छैन । कुनै पनि चिजको मुल्य त्यसको गुणस्तरमा आधारीत भएर हेर्ने हो । त्यस अर्थमा जुन मापनीय तथा गुणस्तरिय शिक्षा हामीले दिइरहेका छौँ, हाम्रो स्कुलमा चै शुल्क महँगो छ जस्तो लाग्दैन ।

अहिले सामुदायिक विद्यालयहरुमा निकै सुधार आइरहेको छ । यसले भोलिका दिनमा निजि विद्यालयलाई असर पार्दैन नि ?
अहिले सामुदायिक विद्यालयले सुधार गरेर जुन कुरा थपेको छ त्यो निजि विद्यालयले आज भन्दा ५० वर्ष अगाडि नै ल्याइसकेको थियो । इंगलिस मेडियम, गाडि सुविधा, कडा अनुशासनको सिस्टम अहिले सरकारी स्कुलले ल्याएको हो । प्राइभेट स्कुल सामुदायिक स्कुल भन्दा धेरै अगाडि बढिसकेको छ । त्यो लेभलमा सरकारी स्कुल कहिले पुग्ने ? निजि स्कुल अरु ५० वर्ष अगाडि गइसकेको छ ।


यो स्कुलमा छात्रवृत्तिको कस्तो व्यवस्था छ ? र सामाजीक कार्यमा क ित्तको संलग्न छ ?
सरकारले अथवा शिक्षा विभागले निर्देशन गरे बमोजिमको १० प्रतिशत छात्रवृत्ती दिइरहेका छौं । त्योबाहेक प्रत्येक कक्षामा प्रथम हुने विद्यार्थीलाई पुरा शुल्क मिनाहा, दोस्रो हुने विद्यार्थीलाई आधा शुल्क मिनाहा र तेस्रो हुने विद्यार्थीलाई २५ प्रतिशत शुल्क मिनाहाको व्यवस्था गरेका छौं ।
अहिलेको शिक्षा भनेको सामाजसँग सहभागी भएर सिक्ने शिक्षा नै जीवन उपयोगी शिक्षा हो । समाजमा गएर जनचेतनाका कार्यक्रमहरु गरिरहेका छौं । चारकोसे झाडीको संरक्षण कसरी गर्ने भन्ने विषयमा अनुसन्धान गरेर स्थानीय सरकारलाई रिपोर्ट दिदैछौं ।
आफ्ना छोरा छोरीलाई चाहिएको शिक्षा के हो भन्ने चेतना हाम्रो समाजमा छैन । त्यसैले जसमा छ, त्यसले ढाँट्न हुँदैन । नयाँपन दिन सक्नुपर्छ । शिक्षा व्यापार मात्र होइन, यो त एउटा सेवा पनि हो ।


स्कुलका आगामी योजनाहरु के–के छन् ?
हामी अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान कसरी गर्न सकिन्छ भन्ने योजनामा छौं । र त्यसको पुर्वाधारहरु तथा प्रथम चरणका कार्य योजनाहरु हामीसँग बन्दै छन् ।